‏ 1 Chronicles 1

आदमदेखि अब्राहामसम्म

नोआका छोराहरूसम्मको ऐतिहासिक अभिलेख

1आदम, शेत, एनोश,
2केनान, महलालेल, येरेद,
3हनोक, मतूशेलह, लेमेक,
नोआ थिए।

4नोआका छोराहरू:
केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन।
शेम, हाम र येपेत।

येपेतका सन्तानहरू

5येपेतका छोराहरू:
छोराहरू: अन्य अर्थहरू सन्तानहरू अथवा शासकहरू अथवा राष्ट्रहरू

गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
6गोमेरका छोराहरू:
अश्कनज, रिपत
अथवा दिपत उत्प 10:3
र तोगर्मा।
7यावानका छोराहरू:
एलीशा, तर्शीश, कित्तीम र रोदानीम।

हामका सन्तानहरू

8हामका छोराहरू:
कूश, इजिप्ट, पूत र कनान।
9कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।
रामाहका छोराहरू:
शेबा र ददान।
10कूश निम्रोदका पिता
पिता अन्य अर्थहरू पूर्वज अथवा संस्थापक
थिए;
जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
11इजिप्टचाहिँ यिनीहरूका पिता थिए:
लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
12पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
13कनानचाहिँ यिनीहरूका पिता थिए,
आफ्ना जेठा छोरा सीदोन
अथवा सीदोनीहरू
र हित्ती
14यबूसी, एमोरी, गिर्गाशी, 15हिव्वी, अरकी, सिनी, 16अर्वादी, सेमारी र हमातीहरू।

शेमका सन्तानहरू

17शेमका छोराहरू:
एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
अरामका छोराहरू:
केही प्राचीन पा.लि.हरूमा यो हरफ छैन। (उत्प 10:23)

ऊज, हूल, गेतेर र मेशेक।
18अर्पक्षद शेलहका पिता थिए;
अनि शेलहचाहिँ एबेरका पिता थिए।
19एबेरका दुई छोराहरू जन्मिए:
एउटाको नाम पेलेग
पेलेग यसको अर्थ विभाजन
राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
20योक्तान यिनीहरूका पिता थिए:
अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
21हदोराम, ऊजाल, दिक्ला, 22ओबाल, अबीमाएल, शेबा, 23ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।

24शेम, अर्पक्षद, शेलह,
25एबेर, पेलेग, र रऊ,
26सरूग, नाहोर, तेरह,
27अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।

अब्राहामको परिवार

28अब्राहामका छोराहरू: इसहाक र इश्माएल।

हागारका सन्तानहरू

29तिनीहरूका सन्तानहरू यिनै थिए:
इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
30मिश्मा, दुमा, मस्सा, हदद, तेमा, 31यतूर, नापीश र केदमा।
यी सबै इश्माएलका छोराहरू थिए।

कतूराका सन्तानहरू

32अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू:
जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह।
योक्षानका छोराहरू:
शेबा र ददान।
33मिद्यानका छोराहरू:
एपा, एपेर, हनोक, अबीदा र एल्दा।
यी सबै कतूराका सन्तानहरू थिए।

साराका सन्तानहरू

34अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू:
एसाव र इस्राएल।

एसावका छोराहरू

35एसावका छोराहरू:
एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36एलीपजका छोराहरू:
तेमान, ओमार, सपो,
केही प्राचीन पा.लि.हरूमा सेपी
गाताम र कनज;
अनि तिम्नाबाट: अमालेक।
37रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा।

एदोममा सेइरका मानिसहरू

38सेइरका छोराहरू:
लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
39लोतानका छोराहरू:
होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
40शोबालका छोराहरू:
अल्बान,
केही प्राचीन पा.लि.हरूमा एलियान
मानहत, एबाल, शपो र ओनाम।
सिबोनका छोराहरू:
अय्या र अना।
41अनाका छोरा:
दीशोन।
अनि दीशोनका छोराहरू:
हेमदान,
केही प्राचीन पा.लि.हरूमा हामरान
एश्बान, यित्रान र करान।
42एसेरका छोराहरू:
बिल्हान, जावान र अकान
केही प्राचीन पा.लि.हरूमा याकान

दीशानका छोराहरू:
ऊज र अरान।

एदोमका शासकहरू

43कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
44बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
45योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
46हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
47हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
48शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी
सायद यूफ्रेटिस नदी
नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
49शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
50बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ
केही प्राचीन पा.लि.हरूमा पाई
राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
51हददको पनि मृत्यु भयो।

एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
52ओहोलीबामा, एलाह, पीनोन, 53कनज, तेमान, मिब्सार, 54मग्दीएल र ईराम थिए।
यिनीहरू एदोमका मुखियाहरू थिए।
Copyright information for NpiNCV