2 John
1मण्डलीका प्रधानबाट, परमेश्वरका जनहरूद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरी, जसलाई म सत्यतामा ▼▼सत्यतामा येशू ख्रीष्टमा
प्रेम गर्छु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्। 2सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ: 3परमेश्वर पिता र येशू ख्रीष्टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्! 4पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु। 5हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ। 6हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो। 7किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो। 8होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। 9हरेक जसले बाटो बिराएर अन्यत्र जाँदछ, त्यो ख्रीष्टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्वर हुनुहुन्न; ख्रीष्टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ। 10यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर। 11जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्ट कामहरूमा सहभागी बनेको हुन्छ। 12मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्। 13परमेश्वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले ▼▼बहिनीका छोराछोरीहरूले अथवा मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू
तिमीलाई अभिवादन पठाएका छन्।
Copyright information for
NpiNCV