Amos 5:25-27
25“हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्ममेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
26तर तिमीहरूले आफ्ना राज-देव सक्कूत,
र तिमीहरूको तारा-देव कीयूनका ▼
▼केही प्राचीन पा.लि.हरूमा मोलेखको थान वा तारा-देव राफान वा तिनीहरूका मूर्तिहरू
देवस्थानलाई उचालेका छौ,
जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ।
27यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,”
याहवेह भन्नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्वर हो।
Copyright information for
NpiNCV