Exodus 17:1-7
चट्टानबाटको पानी
1इस्राएलीहरूका सारा समुदाय याहवेहले आज्ञा गर्नुभएझैँ एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्दै जानलाई सीनको उजाडस्थानबाट निस्के। तिनीहरूले रेफिदीममा पाल टाँगे; तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। 2यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हामीलाई पिउने पानी दिनुहोस्।” मोशाले जवाफ दिए, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन याहवेहलाई परीक्षा गर्छौ?” 3तर ती मानिसहरू असाध्यै तिर्खाएका थिए; अनि तिनीहरू मोशाको विरुद्धमा गनगनाए। तिनीहरूले भने, “हामी, हाम्रा छोराछोरी र गाईबस्तुहरूलाई तिर्खाले मार्न भनी तपाईंले इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो?” 4तब मोशाले याहवेहलाई पुकार गरे, “म यी मानिसहरूलाई के गरूँ? तिनीहरूले मलाई ढुङ्गाले हान्नै आँटेका छन्।” 5याहवेहले मोशालाई जवाफ दिनुभयो, “इस्राएलका केही प्रधानहरूलाई साथमा लिएर मानिसहरूका अगि-अगि जा, र जुन लहुरोले तैँले नील नदीलाई हिर्काएको थिइस्, त्यो पनि आफ्नो हातमा लिएर जा। 6अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।” यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे। 7“याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा ▼▼मस्सा जसको अर्थ जाँच हुन्छ।
र मेरीबा ▼▼मेरीबा जसको अर्थ झगडा हुन्छ।
राखे।
Copyright information for
NpiNCV