‏ Ezra 2

निर्वासनबाट फर्किएर आएकाहरूको सूची

1बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू 2यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए):

इस्राएलीहरूका पुरुषहरूको सूची:
3परोशका सन्तानहरू 2,172 जना;
4शपत्याहका सन्तानहरू 372 जना;
5अराहका सन्तानहरू 775 जना;
6पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;
7एलामका सन्तान 1,254 जना;
8जत्तूका सन्तान 945 जना;
9जक्‍कैका सन्तान 760 जना;
10बानीका सन्तान 642 जना;
11बेबैका सन्तान 623 जना;
12अज्गादका सन्तान 1,222 जना;
13अदोनीकामका सन्तान जम्मा 666 जना;
14बिग्वैका सन्तान 2,056 जना;
15आदीनका सन्तान 454 जना;
16आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
17बेजैका सन्तान 323 जना;
18योराका सन्तान 112 जना;
19हाशूमका सन्तान 223 जना;
20गिब्बारका सन्तान 95 जना;
21बेथलेहेमका मानिसहरू 123 जना;
22नतोपाका मानिसहरू 56 जना;
23अनातोतका मानिसहरू 128 जना;
24अज्मावेतका मानिसहरू 42 जना;
25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
26रामा र गेबाका मानिसहरू 621 जना;
27मिकमाशका मानिसहरू 122 जना;
28बेथेल र ऐका मानिसहरू 223 जना;
29नेबोका मानिसहरू 52 जना;
30मग्बीसका मानिसहरू 156 जना;
31अर्को एलामका मानिसहरू 1,254 जना;
32हारीमका मानिसहरू 320 जना;
33लोद, हादीद र ओनोका मानिसहरू 725 जना;
34यरीहोका मानिसहरू 345 जना;
35सेनाहका मानिसहरू 3,630 जना।

36पुजारीहरू: यदायाहका सन्तानहरू
(येशूआको परिवारबाट) 973 जना;
37इम्मेरको परिवारबाट 1,052 जना;
38पशहूरको परिवारबाट 1,247 जना;
39हारीमको परिवारबाट 1,017 जना।

40लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू
(होदवियाहको वंश) 74 जना।

41गायकहरू: आसापका सन्तानहरू 128 जना।

42मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन,
अक्‍कूब, हतीता र शोबैका
सन्तानहरू 139 जना।

43मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
44केरोस, सीआ, पादोन,
45लेबाना, हागाबा, अक्‍कूब,
46हागाब, शल्मै, हानान,
47गिद्देल, गहर, रायाह,
48रसीन, नकोदा, गज्जाम,
49उज्जा, पसेह, बेसै,
50अस्‍ना, मोनीम, नेपुसीम,
51बक्बूक, हकूपा, हरहूर,
52बस्लूत, महीदा, हर्शा,
53बर्कोस, सीसरा, तेमह,
54नसीह र हतीपा।
55सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत,
परुदाका सन्तानहरू,
56याला, दर्कोन, गिद्देल,
57शपत्याह, हत्तील,
पोकेरेत-हसेबायीम र आमी
58मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।

59तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: 60दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।

61अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
62यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 63राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

64सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो। 65यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। 66तिनीहरूका 736 घोडा, 245 खच्‍चर, 67435 ऊँट र 6,720 वटा गधा थिए।

68जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। 69तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक
लगभग 500 किलो
सुन, 5,000 मीना
लगभग 3 टन
चाँदी र 100 पुजारीका पोशाकहरू दिए।

70पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।

Copyright information for NpiNCV