Genesis 10
जाति-जातिहरूका तालिका
1नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।येपेतका वंशहरू
2येपेतका छोराहरू: ▼गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
3गोमेरका छोराहरू:
अश्कनज, रिपत र तोगर्मा।
4यावानका छोराहरू:
एलीशा, तर्शीश, कित्तीम र रोदानीम ▼
▼केही प्राचीन पा.लि.हरूले दोदान पनि भनेर चलाएका छन्।
। 5(यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्न क्षेत्रहरूमा फैलिए।)हामका वंशहरू
6हामका छोराहरू:कूश, इजिप्ट, पूत र कनान।
7कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।
रामाहका छोराहरू:
शेबा र ददान।
8कूश निम्रोदका पिता ▼
▼पिता जसको अर्थ पुर्खा अथवा जग;
थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। 9तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” 10तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्काद र कल्नेह हुन्, जुन शिनार ▼▼यो त्यो समयको बेबिलोन थियो।
देशमा छन्। 11त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू 12अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए। 13इजिप्टचाहिँ यिनीहरूका पिता थिए:लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्तूहीहरू, 14पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्तोरीहरू।
15कनानचाहिँ यिनीहरूका पिता थिए:
आफ्ना जेठा छोरा सीदोन र हित्ती, 16यबूसी, एमोरी, गिर्गाशी, 17हिव्वी, अरकी, सिनी, 18अर्वादी, सेमारी र हमातीहरूका पिता थिए।
पछि कनानीहरूका कुलहरू फैलिए, 19अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।
20तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।
शेमका वंशहरू
21शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए। 22शेमका छोराहरू:एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
23अरामका छोराहरू:
ऊज, हूल, गेतेर र मेशेक।
24अर्पक्षद शेलहका पिता थिए,
अनि शेलहचाहिँ एबेरका पिता थिए।
25एबेरका दुई छोराहरू जन्मिए:
एउटाको नाम पेलेग ▼
▼पेलेग जसको अर्थ विभाजन
राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।26योक्तान यिनीहरूका पिता थिए:
अल्मोदद, शेलेप, हसर्मवेत, येरह, 27हदोराम, ऊजाल, दिक्ला, 28ओबाल, अबीमाएल, शेबा, 29ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।
30(तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)
31तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्। 32तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्न जातिहरू फैलिँदै गए।
Copyright information for
NpiNCV