Isaiah 12
प्रशंसाका गीतहरू
1त्यस दिन तिमीहरू भन्नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु।तपाईं मसित रिसाउनुभए तापनि
तपाईंको रिस अब मरेको छ;
अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।
2निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ;
म भरोसा गर्नेछु र डराउनेछैनँ।
याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक ▼
▼अथवा गीत
हुनुहुन्छ;निश्चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”
3आनन्दसित तिमीहरूले
उद्धारको इनारबाट पानी भर्नेछौ।
4त्यस दिन तिमीहरू भन्नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार;
उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ;
अनि उहाँको नाम उच्च पारिएको छ भनी घोषणा गर।
5याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ;
यो कुरा सारा संसारले जानोस्।
6हे सियोनका मानिस हो, उच्च सोरले कराओ र आनन्दले गाओ;
किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।”
Copyright information for
NpiNCV