‏ Isaiah 14:12-15

12हे बिहानको तारा, प्रभातको पुत्र,
तँ कसरी स्वर्गबाट खसेको छस्!
जातिहरूलाई होच्याउने,
तँ पृथ्वीमा फ्याँकिएको छस्!
13तैँले आफ्नो हृदयमा भनिस्,
“म स्वर्गमा उक्लनेछु;
म आफ्नो सिंहासनलाई
परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु;
म सभाको पर्वतमाथि सिंहासनमा,
शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु।
शाफोन कनानीहरूको अति पवित्र पर्वत मानिन्थ्यो

14म बादलहरूभन्दा माथि उक्लनेछु;
म आफैँलाई सर्वोच्‍च परमेश्‍वर बराबर बनाउनेछु।”
15तर तँलाई चिहानसम्म,
खाडलको गहिराइसम्मै होच्याइयो।
Copyright information for NpiNCV