‏ Isaiah 40:6-8

6एउटा आवाजले भन्छ, “करा।”
अनि मैले भनेँ, “म के भनेर कराऊँ?”

“सारा मानिसहरू घाँसजस्तै हुन्,
र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्।
7घाँस ओइलाउँछ र फूल झरिहाल्छ;
किनकि याहवेहको सास तीमाथि फुकिन्छ।
निश्‍चय नै मानिसहरू घाँस नै हुन्।
8घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ।”
Copyright information for NpiNCV