Job 25
बिल्ददको संवाद
1तब बिल्दद शुहीले जवाफ दिए: 2“प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
3के उहाँका सेनाहरूलाई गन्न सकिन्छ?
उहाँको ज्योति कसमाथि पर्दैन र?
4त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ?
स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
5उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन,
र ताराहरू पनि शुद्ध छैनन् भने,
6मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—
परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”
Copyright information for
NpiNCV