Judges 3
1कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्: 2(पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)। 3ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्ने हिव्वीहरू। 4यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए। 5यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बस्थे। 6तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले।ओत्निएल
7इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे। 8तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका ▼▼योचाहिँ उत्तर-पश्चिम मेसोपोटामिया थियो।
राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे। 9तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए। 10याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे। 11यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्यो। एहूद
12फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो। 13अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि ▼▼योचाहिँ यरीयो थियो।
अधिकार गरे। 14इस्राएलीहरू मोआबका राजा एग्लोनको अधीनमा अठार वर्षसम्म रहे। 15इस्राएलीहरूले फेरि याहवेहलाई सहायताका लागि पुकारे, तब उहाँले तिनीहरूलाई एक जना छुटाउने व्यक्ति, बेन्यामीनी गेराका छोरा एहूद दिनुभयो, जो देब्रे-हाते थिए। इस्राएलीहरूले तिनलाई मोआबको राजा एग्लोनकहाँ सलामी टक्र्याउन पठाए। 16एहूदले डेढ क्यूबिट ▼▼लगभग 18 इन्च
जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे। 17त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। 18एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए। 19तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्त समाचार छ।” राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए। 20तिनी आफ्नो महलको d छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे, 21तब एहूदले आफ्नो हात बढाएर आफ्नो दाहिने तिघ्रामा भएको तरवार थुतेर राजाको पेटमा रोपिदिए। 22तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो। 23अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए। 24तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्न गएका होलान्।” 25धेरै बेरसम्म पर्खँदा-पर्खँदा तिनीहरू लज्जित भए, तर पनि तिनले कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले। त्यहाँ तिनीहरूले आफ्ना मालिक मरेर भुइँमा लडिरहेका देखे। 26तिनीहरूले पर्खिरहेको बेला एहूदचाहिँ भागिहाले। तिनले मूर्तिहरूलाई पार गरे, र सीरा भन्ने ठाउँमा उम्केर पुगे। 27त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए। 28तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्। 29त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन। 30त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्यो। शमगर
31एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए।
Copyright information for
NpiNCV