‏ Leviticus 23:16-20

16सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू। 17तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू 18त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्‍नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्‍नाको होमबलि हुनेछन्। 19त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। 20पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्।
Copyright information for NpiNCV