aलगभग 12 ग्राम; 25 पदमा पनि
bलगभग 575 ग्राम; 16 पदमा पनि
eलगभग 115 ग्राम 7 पदमा पनि

‏ Leviticus 27

याहवेहका भाकलहरू छुट्ट्याइएका

1याहवेहले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘यदि कसैले विशेष भाकल गरेर याहवेहका निम्ति मानिसलाई अर्पण गर्ने कुरामा त्यसको मोल बराबरको केही दिन्छ भने, 3बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल a बमोजिम चाँदीका पचास शेकेल b तोक्नू। 4यदि त्यो स्त्री हो भने त्यसको मोल तीस शेकेल
लगभग 345 ग्राम
तोक्नू।
5यदि पाँचदेखि बीस वर्षसम्मका छन् भने पुरुषका लागि मोल बीस शेकेल
लगभग 230 ग्राम
र स्त्रीको दश शेकेल e तोक्नू।
6त्यो व्यक्ति एक महिनादेखि पाँच वर्षसम्मको हो भने बालकको मोल चाँदीको पाँच शेकेल
लगभग 58 ग्राम
र बालिकाको चाँदीको तीन शेकेल
लगभग 35 ग्राम
तोक्नू।
7यदि त्यो व्यक्ति साठी वर्षका र त्योभन्दा बढी उमेर पुगेको छ भने पुरुषको मोल पन्ध्र शेकेल
लगभग 158 ग्राम
र स्त्रीका लागि दश शेकेल तोक्नू।
8तोकिएको मोल तिर्नका लागि यदि कोही भाकल गर्ने अति गरिब छ भने त्यसले अर्पण गरिएको व्यक्तिलाई पुजारीकहाँ ल्याओस्; जसले त्यसका निम्ति भाकल गर्ने मानिसले तिर्नसक्ने हिसाबले मोल तोकिदिनेछ।

9“ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ। 10तिनीहरूले असलको साटो खराब अथवा खराबको साटो असल गरी त्यसलाई नसाटून्। यदि तिनीहरूले एउटा पशुको साटो अर्को दिन चाहन्छन् भने ती दुवै पशु पवित्र हुन्छन्। 11यदि तिनीहरूले भाकल गरेको पशु अशुद्ध हो, र याहवेहका निम्ति बलि दिन ग्रहणयोग्य छैन भने त्यो पशु पुजारीकहाँ ल्याइनुपर्छ। 12पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ। 13यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले तोकेको मोलमा पाँचौँ भाग थपिदेओस्।

14“ ‘कसैले याहवेहलाई आफ्नो घर अर्पण गर्छ भने पुजारीले त्यो घर असल छ कि छैन, सो हेरेर त्यसको मोल तोकिदेऊन्। पुजारीले जति तोक्छन्, त्यसको मोल त्यति नै हुनेछ। 15यदि आफ्नो घर अर्पण गर्ने मानिसले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले त्यसमा तोकेको मोलको पाँचौँ भाग थप्नुपर्छ, र त्यो घर फेरि त्यसको हुनेछ।

16“ ‘यदि कुनै मानिसले आफ्नो पारिवारिक जमिनको केही भाग याहवेहकहाँ अर्पण गर्छ भने त्यसको मोल त्यसका लागि चाहिने बिउको परिमाणको आधारमा तोकिनुपर्छ—एक होमेर
लगभग 135 किलो
जौको पचास शेकेल चाँदी।
17यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ। 18तर यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवपछि अर्पण गर्छ भने अर्को पचासौँ वर्षको उत्सव आइपुग्न जति वर्षहरू बाँकी छन्, त्यो पुजारीले हिसाब गर्नुपर्छ। अनि तोकिएको मोल कम हुनेछ। 19यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ। 20तर यदि त्यसले त्यस जमिनलाई छुटाउँदैन भने अथवा त्यसले त्यो कसैलाई बेचिसकेको छ भने त्यो कहिल्यै पनि छुटाउन सक्नेछैन। 21पचासौँ वर्षको उत्सवमा जमिन छुटाइयो भने त्यो याहवेहकहाँ समर्पित जमिनझैँ पवित्र हुनेछ। अनि त्यो पुजारीहरूकै सम्पत्ति हुनेछ।

22“ ‘यदि कुनै मानिसले आफ्नो परिवारको भाग होइन, तर आफूले किनेको जमिन याहवेहकहाँ अर्पण गर्छ भने, 23पुजारीले पचासौँ वर्षको उत्सवको हिसाब गरेर त्यसको जति मोल तोक्छन्, त्यसले याहवेहका निम्ति पवित्र ठानेर त्यही दिन देओस्। 24पचासौँ वर्षको उत्सवमा त्यो जमिन जसबाट त्यसले किनेको थियो, त्यसलाई फर्काइदिनेछ, अर्थात् त्यो जमिन जसको थियो, त्यसैलाई फिर्ता जाओस्। 25प्रत्येक मोल पवित्रस्थानको शेकेलअनुसार, अर्थात् बीस गेराको एक शेकेलको हिसाबले तोकिनुपर्छ।

26“ ‘तरै पनि कसैले कुनै पशुको पहिलो सन्तान अर्पण नगरोस्; किनकि पहिलो सन्तान पहिल्यैबाट याहवेहको हो। चाहे त्यो गोरु होस्, अथवा भेडा, त्यो याहवेहकै हो। 27यदि त्यो कुनै अशुद्ध पशु हो भने त्यसले यसलाई तोकिएको मोलमा अझ पाँचौँ भाग थपेर फिर्ता गरेर किनोस्। यदि त्यसले यसलाई छुटाउँदैन भने त्यो त्यसको तोकिएको मोलअनुसार बेचियोस्।

28“ ‘तर कसैले पनि आफूसित भएको आफ्नै कुरा, चाहे त्यो मानिस होस्, अथवा पशु अथवा परिवारको जमिन होस्, त्यो याहवेहकहाँ अर्पण गरिएको छ भने त्यसलाई नबेचियोस्, अथवा नछुटाइयोस्। यसरी अर्पण गरिएका प्रत्येक कुरा याहवेहकहाँ अति पवित्र हुन्छ।

29“ ‘नाशका निम्ति अर्पण गरिएको कुनै मानिसलाई पनि मोल तिरेर नछुटाउनू; त्यो मारिनैपर्छ।

30“ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो। 31यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ। 32बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ। 33कसैले असललाई खराबीबाट नछुटाओस्, अथवा साटासाट नगरोस्। यदि साट्यो भने त्यो पशु र साट्ने पशु दुवै पवित्र हुन्छन्, ती नछुटाइयोस्।’ ”

34याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्।

Copyright information for NpiNCV