Proverbs 21
1राजाको हृदय याहवेहको हातमा हुन्छ;उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ।
2मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,
तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
3ठिक र न्यायोचित काम गर्नुचाहिँ
याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
4अहङ्कारी आँखा र अभिमानी हृदय—
दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ।
5परिश्रमीको योजनाले लाभ दिन्छ;
हतारले अवश्य नै गरिबीमा पुर्याउँछ।
6झूटो जिब्रोद्वारा कमाएको धन
उडिजाने वाफ र घातक पासो हो। ▼
▼केही प्राचीन पा.लि.हरूमा मृत्यु खोज्नेहरूका निम्ति वाफ हो।
7दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;
किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।
8दोषीको चाल बाङ्गो हुन्छ;
तर निर्दोषको चालचलन ठिक हुन्छ।
9कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा,
घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
10दुष्ट मानिसले दुष्टताको चाहना गर्छ;
त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
11गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ;
बुद्धिमान्लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्त गर्छ।
12धर्मी जनले ▼
▼अथवा परमेश्वर
दुष्टको घरलाई चिनिराख्छ;तर परमेश्वरले दुष्टहरूलाई पतन गराउनुहुन्छ।
13जसले गरिबको चीत्कार सुन्दैन,
त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।
14गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;
लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
15उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;
तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
16समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस
मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।
17सुख-विलास मन पराउने गरिब हुनेछ;
दाखमद्य र विलासिता ▼
▼मूल भाषामा तेल
मन पराउने कहिल्यै धनी हुनेछैन।18दुष्टहरू धर्मीहरूको उद्धारको मोल,
र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।
19झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त
बरु मरुभूमिमा बस्नु असल हुन्छ।
20बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;
तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।
21धार्मिकता र प्रेमको पछि लाग्नेले
जीवन, उन्नति ▼
▼अथवा धार्मिकता
र सम्मान पाउँछ।22बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,
र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ।
23आफ्नो मुख र जिब्रो सम्हाल्नेले
आफूलाई विपत्तिबाट जोगाउँछ।
24अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो,
त्यसले अभिमानसाथ व्यवहार गर्दछ।
25अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;
किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।
26दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
27दुष्टको बलिदान घिनलाग्दो हुन्छ;
त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!
28झूटो गवाही दिने नष्ट हुनेछ;
तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।
29दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;
तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्।
30कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना,
याहवेहको विरुद्ध सफल हुन सक्दैन।
घोडा युद्धको निम्ति तयार राखिन्छ;
तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।
31
Copyright information for
NpiNCV