‏ Psalms 123

आरोहणको गीत।

1हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर,
मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।
2जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्,
जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे,
त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल,
हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।

3हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्;
किनकि हामीले अति नै अवहेलना सहेका छौँ।
4हामीले अहङ्कारीहरूबाट
अति नै उपहास र
घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।
Copyright information for NpiNCV