‏ Psalms 127

सोलोमनको आरोहणको गीत।

1यदि याहवेहले नै घर बनाउनुभएन भने,
बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ।
याहवेहले नै सहरको रक्षा गर्नुभएन भने,
पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।
2बिहानै उठ्नु,
र अबेरसम्म जागो रहनु,
अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ—
किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।

3छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
4युवावस्थामा जन्मेका छोराछोरीहरू,
वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
5त्यो मानिस धन्यको हो,
जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।
मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा
तिनीहरू लाजमा पर्नेछैनन्।
Copyright information for NpiNCV