Psalms 128
आरोहणको गीत।
1याहवेहको भय मान्नेहरूर उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।
2तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ;
भलाइ र समृद्धि तिम्रा हुनेछन्।
3तिम्रो घरमा तिम्री पत्नी
फलवन्त दाखको बोटझैँ हुनेछिन्;
र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि
जैतुनका मुनाहरूजस्तै हुनेछन्।
4हो, याहवेहको भय मान्ने जन
यसरी नै आशिषित हुनेछ।
5याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्;
तिम्रो जीवनभरि नै
तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।
6तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच—
इस्राएलमाथि शान्ति रहोस्!
Copyright information for
NpiNCV