‏ Psalms 134

आरोहणको गीत।

1हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर!
तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
2उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल
र याहवेहलाई प्रशंसा गर।

3स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले
तिमीलाई सियोनबाट आशिष् देऊन्!
Copyright information for NpiNCV