aमूल भाषामा हल्‍लेलूयाह ; 10 पदमा पनि

‏ Psalms 146

1याहवेहको प्रशंसा गर! a

हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

2म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु;
म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।
3शासकहरूमाथि भरोसा नगर;
मानव-जातिमाथि, जसले बचाउन सक्दैन।
4जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;
त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
5धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ,
जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।

6उहाँ स्वर्ग र पृथ्वी,
समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ;
उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।
7उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;
र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।
याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;
8याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;
र दबिएकाहरूलाई उठाउनुहुन्छ;
याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
9याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;
अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;
तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।

10याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।
हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।

याहवेहको प्रशंसा गर!
Copyright information for NpiNCV