‏ Psalms 15

दावीदको भजन।

1हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ?
तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?

2त्यो मानिस, जसको जीवन निर्दोष छ;
जसले धर्मी काम गर्छ,
जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
3जसको जिब्रोले अरूको निन्दा गर्दैन,
जसले आफ्नो छिमेकीको खराबी गर्दैन,
र मित्रहरूको अपमान गर्दैन;
4जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ,
तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ;
जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन,
र जसले आफ्नो मन बदल्दैन;
5जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन;
र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन।

यस्ता जीवन जिउनेहरू
कहिल्यै पनि डगमगाउनेछैन।
Copyright information for NpiNCV