Psalms 16:8-11
8म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
9यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
10किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन;
न त तपाईंले आफ्ना पवित्र ▼
▼अथवा विश्वासयोग्य
जनको शरीर कुहुन दिनुहुनेछ।11जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
Copyright information for
NpiNCV