‏ Psalms 34:12-16

12तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,
दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
13आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
14दुष्‍टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।

15याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,
र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।
16तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ,
अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
Copyright information for NpiNCV