Psalms 67
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत।
1परमेश्वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्;अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
2ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्,
अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
3हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;
सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
4जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्;
किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ,
र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
5हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;
सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
6भूमिले आफ्नो बाली उब्जनी गर्छ;
परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ।
7परमेश्वरले हामीलाई अझै आशिष् देऊन्,
कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।
Copyright information for
NpiNCV