‏ Psalms 84

सङ्गीत निर्देशकको निम्ति, गित्तित, कोरहका छोराहरूको भजन।

1हे सेनाहरूका याहवेह!
तपाईंको वासस्थान कति मनोहर छ,
2याहवेहको मन्दिरका चोकहरूको निम्ति
मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ;
मेरो हृदय र मेरो शरीर दुवैले
जीवित परमेश्‍वरको पुकार गर्दछ।
3हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर,
तपाईंका वेदीको नजिक
भँगेरीले पनि घर पाउँछे,
अनि गौँथलीले गुँड पाउँछे,
जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।
4तपाईंको वासस्थानमा बस्‍ने धन्यका हुन्;
तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला

5तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;
जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
6तिनीहरू बाकाको
बाकाको अर्थ हो आँसु
बेँसीबाट भएर जाँदा,
तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्;
शरद ऋतुको वर्षाले त्यहाँ आशिष्
अथवा तलाउहरू
हुँदछ।
7तिनीहरूले बलमाथि बल प्राप्‍त गर्दै जान्छन्;
जबसम्म प्रत्येक सियोनमा परमेश्‍वरको सामु उपस्थित हुँदैनन्।

8हे याहवेह सेनाहरूका परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्;
हे याकोबका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्! सेला
9हे परमेश्‍वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्;
तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्‍टि गर्नुहोस्!

10तपाईंको मन्दिरको चोकमा एक दिन
अरू ठाउँको हजार दिनभन्दा उत्तम छ;
दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा त,
बरु मेरा परमेश्‍वरको भवनको ढोके हुन मलाई मन पर्छ,
11किनकि याहवेह परमेश्‍वर सूर्य र ढाल हुनुहुन्छ;
याहवेहले निगाह र इज्जत दिनुहुन्छ;
सत्य मार्गमा हिँड्नेहरूलाई
याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्‍न।

12हे सेनाहरूका याहवेह,
तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।
Copyright information for NpiNCV