Psalms 87
एउटा गीत, कोरहका छोराहरूका भजन।
1याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।2याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले
सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
3हे परमेश्वरको सहर,
तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला
4“मलाई स्वीकार गर्नेहरूमध्ये
राहाब ▼
▼इजिप्टको कवितात्मक नाम हो
र बेबिलोनलाई म सूचीमा राख्नेछु—पलिश्ती, टायर र कूशलाई ▼
▼अर्थात्, नील नदीको माथिल्लो क्षेत्रको भू-भाग
समेतभन्नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
5वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ,
“यो र त्यो त्यहीँ जन्मेका थिए,
अनि सर्वोच्च परमेश्वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”
6याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ:
“यसको जन्म सियोनमा भएको हो।” सेला
7सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्:
“मेरा सबै आशिष्का मूलहरू तँमा नै छन्।”
Copyright information for
NpiNCV