Psalms 113
1याहवेहको प्रशंसा गर! aहे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर!
याहवेहको नामको प्रशंसा गर!
2अहिलेदेखि लिएर सदासर्वदा,
याहवेहको नामको प्रशंसा भइरहोस्!
3सूर्योदयदेखि सूर्यास्तसम्म नै
याहवेहको नामको प्रशंसा हुनुपर्छ!
4याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ;
र उहाँको महिमा आकाशभन्दा उच्च छ।
5याहवेह हाम्रा परमेश्वरजस्तो को छ र?
उहाँ उच्च सिंहासनमा विराजमान हुनुहुन्छ,
6जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी
तल निहुरनुहुन्छ।
7उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ,
अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।
8उहाँले तिनीहरूलाई राजकुमारहरूसित,
आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।
9उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर
उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।
याहवेहको प्रशंसा गर!
Copyright information for
NpiNCV