‏ Psalms 114

1जब इस्राएलीहरू इजिप्टबाट निस्किआए,
जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,
2तब यहूदा परमेश्‍वरको पवित्रस्थान,
अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।

3त्यो देखेर लाल समुद्र भाग्यो;
यर्दन नदी पछिल्तिर फर्कियो;
4पर्वतहरू भेडाहरूझैँ,
डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।

5हे समुद्र, तँ किन भागिस्?
हे यर्दन, तँ किन पछि फर्किस्?
6हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो,
तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?

7हे पृथ्वी, प्रभुको सामु,
याकोबका परमेश्‍वरको सामु थरथरी काम्;
8जसले चट्टानलाई पानीका तलाउमा,
कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।
Copyright information for NpiNCV