Psalms 120
आरोहणको गीत।
1मेरो सङ्कष्टमा म याहवेहलाई पुकार्दछु,र उहाँले मलाई जवाफ दिनुहुन्छ।
2हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
3ए छली जिब्रो,
उहाँले तँलाई के गर्नुहुनेछ?
अनि अझ बढ्ता के गर्नुहोला?
4उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर,
र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
5मलाई धिक्कार छ! म मेशेकमा बास गर्दछु;
किनकि केदारका पालहरूका बीचमा बसेको छु!
6शान्तिलाई घृणा गर्नेहरूका बीचमा
म बसेको धेरै समय भयो।
7म त शान्तिप्रिय व्यक्ति हुँ;
तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।
Copyright information for
NpiNCV