‏ Psalms 121

आरोहणको गीत।

1म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—
मेरो सहायता कहाँबाट आउँछ?
2मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।

3उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
4साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ
न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।

5याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—
याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;
6दिउँसोको घामले तिमीलाई पोल्नेछैन,
न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।

7याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
8तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
Copyright information for NpiNCV