‏ Psalms 125

आरोहणको गीत।

1याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्,
जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
2जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई
आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।

3धर्मीहरूलाई छुट्ट्याइएको देशमा,
दुष्‍टहरूको राजदण्ड रहनेछैन।
नत्रता धर्मीहरूले
आफ्ना हात अधर्मतिर लगाउलान्।

4हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्;
तिनीहरूलाई, जसका हृदय सोझो छन्।
5तर खराब मार्गतिर जो फर्कन्छन्,
याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ।

इस्राएलमाथि शान्ति कायम रहोस्!
Copyright information for NpiNCV