Psalms 126
आरोहणको गीत।
1जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो,यो त सपनाजस्तो थियो।
2त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए;
हाम्रा जिब्राहरू हर्षका गीतले भरिए।
तब जाति-जातिहरूका बीच यसो भनियो,
“याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”
3याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ,
र हामी आनन्दले भरिएका छौँ।
4हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ,
निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!
5जसले आँसु बहाउँदै बिउ छर्दछन्,
तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।
6जो रुँदै-रुँदै बिउ बोकेर
छर्नको लागि बाहिर जान्छन्,
तिनीहरू हर्षका गीत गाउँदै
अन्नका बिटाहरू बोकेर फर्कनेछन्।
Copyright information for
NpiNCV