‏ Psalms 130

आरोहणको गीत।

1हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
2हे प्रभु, मेरो सोर सुन्‍नुहोस्;
दयाको निम्ति गरिएको मेरो पुकारलाई
तपाईंका कानहरूले ध्यान देऊन्!

3हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने,
हे प्रभु, को खडा हुन सक्छ र?
4तर तपाईं क्षमाशील हुनुहुन्छ,
त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।

5म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
6पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
म प्रभुको प्रतीक्षा गर्दछु।

7हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्;
किनकि याहवेहसँग नै अचुक प्रेम छ;
र उहाँसित नै पूर्ण उद्धार छ।
8उहाँ आफैँले इस्राएललाई
तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।
Copyright information for NpiNCV