aमूल भाषामा हल्‍लेलूयाह ; 6पदमा पनि

‏ Psalms 150

1याहवेहको प्रशंसा गर! a

परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर;
उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!
2उहाँको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर;
उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!
3तुरही फुक्दै उहाँको प्रशंसा गर;
वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
4खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर;
तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5झ्याली बजाएर उहाँको प्रशंसा गर;
गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!

6सास हुने हरेकले याहवेहको प्रशंसा गरून्!

याहवेहको प्रशंसा गर!
Copyright information for NpiNCV