‏ Psalms 2

1राष्ट्रहरू किन षड्यन्त्र
केही प्राचीन पा.लि.हरूमा क्रोध भनिएको छ।
रच्दछन्,
अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?
2याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा
पृथ्वीका राजाहरू खडा हुन्छन्,
र शासकहरू एकजुट भएर भेला भएका छन्।
3तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,
र तिनीहरूका बन्धनहरू फुकालौँ।”

4स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ;
प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
5आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,
र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,
6“मैले मेरो राजालाई नियुक्त गरेको छु,
मेरो पवित्र सियोन
अथवा यरूशलेम
पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।

7म याहवेहको उर्दी घोषणा गर्नेछु:

उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ;
आज म तिम्रो पिता भएको छु।
8मसँग माग
र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु,
र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।
9तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्‍नेछौ,
अथवा शासन गर्नेछौ।

कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”

10यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;
पृथ्वीका शासकहरू हो, सचेत होओ!
11भयसाथ याहवेहको सेवा गर,
र कम्पनसाथ उहाँको आनन्द मनाओ।
12उहाँको पुत्रलाई सम्मान
यसले चुम्बन पनि जनाउन सक्छ, तर मूल भाषामा यो शब्दको अर्थ स्पष्‍ट छैन।
गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरूको व्यवहारले विनाशमा पुर्‍याउला;
किनकि उहाँको क्रोध चाँडै दन्कन्छ।
धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।
Copyright information for NpiNCV