‏ Psalms 29

दावीदको भजन।

1हे स्वर्गदूतहरू हो,
मूल भाषामा परमेश्‍वरका पुत्रहरू
याहवेहको गुणगान गर।
याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
2याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;
याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।

3याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;
महिमाका परमेश्‍वर गर्जनुहुन्छ;
याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
4याहवेहको आवाज शक्तिशाली छ;
याहवेहको आवाज प्रतापी छ।
5याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;
याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
6उहाँले लेबनानलाई एउटा बाछाझैँ,
र सिरिओनलाई
अथवा हेर्मोन डाँडा
जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
7याहवेहको आवाजले
बिजुलीका चमकझैँ प्रहार गर्छ।
8याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ;
याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
9याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ,
अथवा मृगले बच्‍चा जन्माउँछे

र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।
उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।

10याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;
याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
11याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;
याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
Copyright information for NpiNCV