Psalms 53
सङ्गीत निर्देशकको निम्ति, महलत ▼▼शीर्षक: सम्भवतः एक साङ्गीतिक शब्द शैली, दावीदको मस्किल। ▼▼शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।
1मूर्खले आफ्नो मनमा भन्छ,“परमेश्वर छँदैछैन।”
तिनीहरू भ्रष्ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ;
असल काम गर्ने कोही पनि छैन।
2परमेश्वरले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ?
3तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्;
असल गर्ने कोही छैन,
एक जना पनि छैन।
4के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले परमेश्वरलाई कहिल्यै पुकार्दैनन्।
5तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन,
त्यहीँ नै तिनीहरू डरले व्याकुल भए।
परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ;
तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ;
किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
6अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब परमेश्वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
Copyright information for
NpiNCV