Psalms 76
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत।
1यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ;इस्राएलमा उहाँको नाम महान् छ।
2उहाँको पाल शालेममा ▼
▼शालेम यरूशलेम सहरको छोटो नाम हो, (उत्प 14:18)
छ,उहाँको वासस्थान सियोनमा छ।
3त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो,
ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला
4तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ,
र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।
5साहसी मानिसहरू लुटिएका छन्;
तिनीहरू गहिरो निद्रामा परेका छन्;
एउटै पनि शूरवीरले
आफ्नो हात उचाल्न सक्दैन।
6हे याकोबका परमेश्वर, तपाईंको हप्काइमा
घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।
7तपाईं मात्र भययोग्य हुनुहुन्छ;
तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?
8स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो;
र पृथ्वी डरायो र चुपचाप भयो—
9हे परमेश्वर, जब तपाईं पृथ्वीमा पीडितहरू
सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला
10निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ;
र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।
11तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर;
उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू
सबैले भेटी ल्याऊन्।
12उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ;
पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।
Copyright information for
NpiNCV