Psalms 8
सङ्गीत निर्देशकको निम्ति गित्तीथ ▼▼शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द मा आधारित, दावीदको भजन।
1हे याहवेह, हाम्रा प्रभु,सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
स्वर्गभन्दा उच्चमा
तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
2तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,
आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई
शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
3जब म तपाईंका औँलाहरूद्वारा
बनाइएको आकाशलाई,
तपाईंले स्थापित गर्नुभएका चन्द्रमा
र ताराहरूमाथि विचार गर्छु,
4मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5तपाईंले तिनीहरूलाई ▼
▼अथवा उहाँलाई
स्वर्गदूतहरूभन्दा ▼▼अथवा परमेश्वरभन्दा
केही कम बनाउनुभएको छ,र तिनीहरूलाई ▼
▼अथवा उहाँलाई
महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;
र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
7सबै भेडाबाख्रा र गाईगोरुहरू,
र सबै जङ्गली पशुपक्षीहरू,
8आकाशका चराचुरुङ्गीहरू
र समुद्रका माछाहरू
र समुद्रभित्र पौडने सबै जन्तुहरू।
9हे याहवेह, हाम्रा प्रभु,
सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
Copyright information for
NpiNCV