Psalms 82
आसापको भजन।
1परमेश्वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;“देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?
र दुष्टहरूको पक्ष लिइरहन्छौ? सेला
3दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;
गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
4दुर्बल र गरिबहरूलाई छुटाओ;
दुष्टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
5“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;
तिनीहरू अन्धकारमा यताउता डुल्छन्;
पृथ्वीका सारा जग नै डगमगाएका छन्।
6“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ;
तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
7तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;
अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
8हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;
किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।
Copyright information for
NpiNCV