‏ Revelation of John 1

प्रस्तावना

1येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले येशू ख्रीष्‍टलाई दिनुभयो, ताकि येशू ख्रीष्‍टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो; 2तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। 3जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।

अभिवादन र स्तुति-प्रशंसा

4यूहन्‍नाबाट,

एशिया
एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन हाल आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो।
प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु:

उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट;
5अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका
जीवित हुनुभएका मूल भाषामा जन्मनु
र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।

उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;
6अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।

7“हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”;
अनि “हरेक आँखाले उहाँलाई देख्नेछ,
तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए”
अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।”
यस्तै होस्! आमेन।

8सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा
यी ग्रीक भाषाका पहिलो र अन्तिम अक्षर हुन्, जसको अर्थ सुरु र अन्त्य हुन्छ।
हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।

ख्रीष्‍टको बारेमा यूहन्‍नाको दर्शन

9म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ। 10प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, 11जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”

12अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; 13अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ। 14उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। 15उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। 16अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।

17जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। 18जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।

19“यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। 20तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू
अथवा सन्देश वाहकहरू
हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”

Copyright information for NpiNCV