Song of Solomon 6
मित्रहरू 1हे नारीहरूमा परमसुन्दरी,तिम्रा प्रिय कहाँ गएका छन्?
तिनी कुन बाटोतिर गएका छन्,
हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?
प्रेमिका 2मेरा प्रिय आफ्नो बगैँचामा,
मसलाहरूको ड्याङहरूमा,
त्यहाँ टहल्न
र लिली फूल टिप्नलाई जानुभएको छ।
3म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ;
उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
प्रेमी 4मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी,
र यरूशलेमजस्तै राम्री छ्यौ;
आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ।
5तिम्रा आँखाहरू मबाट हटाऊ;
तिनले मलाई व्याकुल पार्दछन्,
तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका
बाख्राहरूको बगालसरह छन्।
6तिम्रा दाँतहरू नुहाएर उकालो लागेका
भेडाहरूको बगालजस्तै छन्।
हरेकका जुम्ल्याहा छन्,
कुनै पनि एकलो छैन।
7घुम्टोभित्र लुकेका तिम्रा दुई गाला
दुई फ्याक पारेका अनारझैँ छन्।
8चाहे साठी वटा रानीहरू होऊन्,
चाहे असीवटा उपपत्नीहरू,
चाहे अनगन्ती कन्ये केटीहरू होऊन्;
9तर मेरी ढुकुर, मेरी सर्वश्रेष्ठ, तिनी विशेष छिन्;
तिनकी आमाकी एउटी मात्र,
मनपर्दो सन्तान हुन्।
कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने;
रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे।
मित्रहरू 10चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल,
झण्डा फहराउने प्रतापी सेनाझैँ,
प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?
प्रेमी 11बदामका बोटहरू भएका बेँसीतिर
नयाँ पालुवा लागे कि,
दाखको बोटमा कोपिला लागेको छ कि छैन,
वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ।
12मैले थाहा पाउनुअगि
मेरा प्रजाका ▼
▼अथवा अम्मीनादाबका रथहरू; अथवा राजकुमारका मानिसहरूका रथहरू
राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्याइसकेको छ।मित्रहरू हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ,
फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ!
प्रेमी महानोमको नाच हेरेझैँ
किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ?
13
Copyright information for
NpiNCV