‏ Song of Solomon 8

1यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको,
मेरा दाजुभाइझैँ हुनुहुँदो हो त!
तपाईंलाई बाहिर भेट्दा
म म्वाइँ खानेथिएँ,
र कसैले मेरो निन्दा गर्ने थिएन।
2तपाईंलाई डोर्‍याएर
म मेरी आमाको घरमा ल्याउनेथिएँ—
जुन आमाले मलाई शिक्षा दिएकी छन्।
म तपाईंलाई मसाला मिसाएको दाखमद्य,
मेरा अनारका रस पिउन दिनेथिएँ।
3उहाँको देब्रे हात मेरो शिरमुनि छ,
र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।
4हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु:
उचित समय नभएसम्म
प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।
मित्रहरू 5आफ्ना प्रेमीसित अडेसिएर
उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्?
प्रेमिका स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ;
त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्;
त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।
6मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,
तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;
किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;
यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।
यो दन्कने आगोसमान दन्कन्छ,
यो शक्तिशाली ज्वाला
अथवा याहवेको ज्वालाजस्तै
जस्तै हुन्छ।
7उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;
नदीले पनि त्यसलाई बगाउन सक्दैन।
यदि मानिसले प्रेमको निम्ति
आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि
यो
अथवा उसको
पूर्ण अवहेलना हुनेछ।
मित्रहरू 8हाम्री एउटी जवान बहिनी छिन्,
जसका छाती उठेका छैनन्।
उनको विवाहको लागि कोही माग्न आएको दिनमा,
आफ्नी बहिनीको लागि हामी के गरौँ?
9यदि ऊ पर्खाल भए त,
हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ।
यदि ऊ ढोका हुँदो हो त,
हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।
प्रेमिका 10म एक पर्खाल हुँ,
र मेरा स्तनहरू धरहराहरूजस्तै छन्।
यसरी उहाँका नजरमा म
सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।
11बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो;
आफ्नो दाखबारी मोहीहरूलाई दिए।
हरेकले दाखबारीका फलको सट्टामा
हजार सेकेल
लगभग 12 किलो
चाँदी ल्याउनुपर्थ्यो।
12तर मेरो दाखबारी, जो मेरै अधिकार हो;
हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्,
र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।
प्रेमी 13तिमी, जो दाखबारीमा
आफ्ना मित्रहरूका साथमा बास गर्दछौ,
तिम्रो सोरलाई सुन्‍न देऊ!
प्रेमिका 14हे मेरा प्रेमी, बाहिर आउनुहोस्,
र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा
हुने हरिणजस्तै अथवा
जवान मृगजस्तै हुनुहोस्!
Copyright information for NpiNCV