‏ Deuteronomy 5:16-20

16तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्‍वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
17तैँले मानव हत्या नगर्नू।
18तैँले व्यभिचार नगर्नू।
19तैँले चोरी नगर्नू।
20तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
Copyright information for NpiNCV