Genesis 28:10-17
बेथेलमा याकोबको सपना
10याकोब बेर्शेबा छोडेर हारानतर्फ लागे। 11तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए। 12अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे। 13अनि सबैभन्दा माथिचाहिँ ▼▼अथवा उनको छेउमा
याहवेह उभिनुभएको थियो, र उहाँले भन्नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु। 14तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्। ▼▼अथवा आशिष् दिँदा तँ अथवा तेरा सन्तानको नाम प्रयोग गरिनेछ।
15म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।” 16जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” 17तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।”
Copyright information for
NpiNCV