Isaiah 40:3-5
3एक जना कराउनेको आवाज सुनिन्छ:“उजाडस्थानमा याहवेहको निम्ति
बाटो तयार पार;
उजाडस्थानमा हाम्रा परमेश्वरका निम्ति
राजमार्ग सीधा बनाओ।
4प्रत्येक उपत्यका अग्लो पारिनेछ,
प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ;
टेढामेढा जमिन मिलाइनेछ,
खाल्टाखुल्टी समतल बनाइनेछ।
5तब याहवेहको महिमा प्रकट हुनेछ,
र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्।
किनकि याहवेहको मुखले यो भनेको छ।”
Copyright information for
NpiNCV