Isaiah 42:1-4
याहवेहको सेवक
1“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु,मैले चुनेको जन, जसमा म प्रसन्न छु;
म तिनमा मेरो आत्मा हाल्नेछु,
र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
2तिनी चिच्याउने वा जोरले कराउने छैनन्,
न त आफ्नो सोर सडकतिर सुनाउनेछन्।
3फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्,
र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्।
तिनले विश्वासयोग्यतामा न्याय गर्नेछन्;
4जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्;
तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्।
तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”
Copyright information for
NpiNCV