Jeremiah 31:31-34
31“हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ,“जब म इस्राएलका मानिसहरू
र यहूदाका मानिसहरूसँग
नयाँ करार स्थापित गर्नेछु।
32यो त्यो करारजस्तै हुनेछैन,
जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;
जब मैले तिनीहरूलाई हात समातेर,
इजिप्टबाट डोर्याएर ल्याएको थिएँ;
किनकि म तिनीहरूको पति भए तापनि
तिनीहरूले मेरो करार भङ्ग गरे,”
याहवेह घोषणा गर्नुहुन्छ।
33“त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
“म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु,
र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु।
म तिनीहरूका परमेश्वर हुनेछु;
र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
34अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर
ठूलासम्म सबैले मलाई चिन्नेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
Copyright information for
NpiNCV