‏ Jeremiah 32:6-9

6तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो: 7तेरा काका शल्‍लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्‍नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्‍ने अधिकार र कर्तव्य तपाईंको हो।’

8“तब याहवेहले भन्‍नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्‍नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्‍नुहोस्।’

“यो याहवेहको वचन हो भनी म जान्दछु;
9यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी
लगभग 200 ग्राम
जोखेर त्यसलाई दिएँ।
Copyright information for NpiNCV