‏ Joel 2:28-32

याहवेहको दिन

28“अनि यसपछि,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्;
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्;
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
29ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,
स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
30म आकाशमा र पृथ्वीमा
अद्‌भुत कार्यहरू देखाउनेछु;
रगत, आगो र धुवाँका मुस्लाहरू।
31याहवेहको महान् र डरलाग्दो दिन आउनअगि
सूर्य अन्धकारमा परिवर्तन हुनेछ,
र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
32अनि याहवेहको नाम पुकार्ने
हरेक मानिसले उद्धार पाउनेछ;
किनकि सियोन पर्वतमा
र यरूशलेममा छुटकारा हुनेछ,
जसरी याहवेहले भन्‍नुभएको छ,
बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्;
जसलाई याहवेहले बोलाउनुहुन्छ।
Copyright information for NpiNCV