Leviticus 23:15-22
हप्ताहरूको चाड
15“ ‘शब्बाथको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्ता ▼▼अथवा साताहरूका चाड हेर्नुहोस्, प्रस 34:22; लेवी 23:15‑22 पछि गएर यो पेन्टिकोस्ट पर्वको नामले चिनिन गयो (प्रेरित 2:1)। वर्तमान समयमा यसलाई शाऊआत वा शाबुओत भनिन्छ।
गन्नू। 16सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्नू; अनि नयाँ अन्नबलि याहवेहकहाँ चढाउनू। 17तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू 18त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्नाको होमबलि हुनेछन्। 19त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। 20पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। 21त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो। 22“ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”
Copyright information for
NpiNCV